अछाममा शैक्षिक तथा धार्मिक महोत्सव २०७३ हुने

218

लालबहादुर विक
माघ ४,
अछाम । अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को प्रचारप्रसार उपसमिती को वैठक सम्पन्न भएको छ । उपसमितिका संयोजक वम स्वाँरको अध्यक्षतामा भएको वैठकले महोत्सव सफल पार्न अछाम जिल्लामा रहेका छापा तथा विधुतिय छापा माध्यमको वृहतरुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ । अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं मुल आयोजक समिति संयोजक पदम वोहराको विषेश उपस्थिती रहेको वैठकले यस जिल्लामा संचालित ६ ओटा एफ.एम. रेडियो र ४ ओटा दैनिक पत्रिकाहरुलाई प्रचारप्रसार उपसमितिको सदस्य नियुक्त गरेको छ । साथै रेडियो जनप्रियका स्टेशन म्यानेजर ललित केसीलाई समितिको प्रवक्तामा चयन गरेको छ । वैठकमा अछाम वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र वहादुर विष्ट, क्याम्पसका अन्य प्राध्यापकहरु, संचारकर्मी र महोत्सव मुल आयोजक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियोे । अन्तराष्टिय भक्ति योग फाउन्डेशनका अन्तराष्टिय भागवत भुषण आचार्य नारायणशरण पूज्य सञ्जेलजीमहाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने वताईएको छ । स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्यार्थी लाभान्वीत हुने र यसै जिल्लामा प्राविधिक शिक्षा अध्यन गर्न पाउने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन महोत्सव मुल आयोजक समितीका संयोजक पदम वोहराले सवैमा अनुरोधगरेका छन् ।