स्व.पत्रकार बोहराकी धर्मपत्नीलाई १० लाख सहयोग

185

माघ ३ ।
भक्तपुर । केहि समय अगाडी निधन भएका पत्रकार कर्ण बोहराकी पत्नी ममताकुमारी थापा बोहराको उपचारका लागि थप रकम सहयोग प्राप्त भएको छ । कैलालीको धनगढीमा सञ्चालन गरिएको ममता बचाउ अभियानले संकलन गरेको १० लाख ३५ हजार ८ सय ७१ रुपैयाँ सोमबार भक्तपुरको सल्लाघारीस्थित बोहराको डेरामा पुगेर अभियानका सदस्यहरुले सो हस्तान्तरण गरेका छन् ।
अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रसारक संघ ७ नं. प्रदेश संयोजक दिर्घराज उपाध्यायले सो रकम हस्तान्तरण गरेका थिए ।
कैलाली पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहका उपाध्यायले सो रकम कैलालीका समाजसेवी एवम् मानवताको पक्षधर जनताले गरेको सहयोग भएको बताए ।
उनले अभियानमा कैलालीका रिक्सा मजदुर, बिद्यार्थी, संघसंस्था र वैदेशिक रोजगारीमा रहेका कैलालीबासीको समेत सहयोग रहेको जानकारी दिए ।
स्व. बोहराकी पत्नी ममता मृगौला पीडित हुन् उनको दुवै मृगौला खराब भएपछि भक्तपुरको सल्लाघारीमा डेरामा बसी मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरिरहेक िछिन् ।
नियमित डायलाईसिस गर्दै रहकी ममताको मृगौला प्रत्यारोपणका लागि अझै पाँच÷छ महिना लाग्ने केन्द्रका वरिष्ठ मृगौला विशेषज्ञ डा. कल्पना श्रेष्ठले भनाई रहेको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजु, सचिव जगत प्रजापति र सदस्य सुन्दर शिल्पकारको समेत उपस्थिती रहेको थियो ।