माटोका भाँडा लोप हुदै

607

लालबहादुर विक
माघ ३,
अछाम । अछाममा माटोका भाँडाहरु लोप हुन थालेका छन । गत बिगतमा स्थानिय स्तरमै उत्पादन भई प्रयोगमा आँउने माटाका भाँडाकुडालाई आधुनिक भाँडाकुडाको प्रयोगले बिस्थापित गरेपछि माटाका भाँडा लोप भईरहेका हुन । आधुनीक भाँडाकुडाको प्रयोगले गर्दा माटाका भाँडाले बजार नपाँउने, स्थानिय स्तरमै माटोले बन्ने भाँडा राम्रो नदेखीने, धेरै टिकाउ नहुने जस्ता कारण लोप हुने अवस्था आएको रामारोशन २ नेटाकोटका भगमाने टमट्टाले बताए । ६० वर्षिया टमट्टा विगत ४० बर्ष अगाडि देखि माटाका भाँडाहरु बनाँउने भएपनि पछिल्लो समय यसको प्रयोग नहुंदा पेशानै छोड्न बाध्य बनेका छन । पानी भर्ने घैटा, भात पकाउने ताप्के, तमाखु तान्ने सुल्पा, हुक्का जस्ता सामाग्रीहरु उत्पादन गर्ने उनले ३ वर्ष अगिदेखी पेशानै छोडीसकेका छन । नयाँ÷नयाँ आधुनीक डिजाईनका फलाम, तामा, स्टील, पलाष्टीक आदिवाट बनेका भाँडाकुडाका कारण पुरानो स्थानिय मौलिक सीप र कला प्रयोग भई बन्ने भडा लो भईसकेको स्थानियको भनाई छ । परम्परागत रुपमा मौलीक सीपमा आधारित माटाका भाँडा लोप भएकोप्रति स्थानिय निकै चिन्तीत छन । अछाममा रामारोशन क्षेत्रमा मात्रै उत्पादन हुने माटाका भाँडा स्थानिय टमट्टा समुदायाका ब्याक्तिहरुले केही वर्ष अगि सम्म ब्यावसायिक रुपमै बिक्रिबितरण गर्ने गरेका थिए । गाँउ÷गाँउमा आफुहरुले बनाँएका भाँडा बिक्रि गर्दै जिविकोपार्जन गर्ने तिं समुदायका मानिसहरु पछिल्लो समय त्यसवाट गुजारा नचल्ने भएपछि पेशानै परिवर्तन गर्न बाध्य बनिरहेका छन । काठको साँचोमा माटो राखेर कलात्मक ढंगले निर्माण हुने माटोका भाँडाकुडाले महत्व पाँउन छाडेपछि र त्यो पेशावाट गुजारा नचल्ने भएपछि स्थानिय रचाने टमट्टाले पनि ५÷६ महिना अगि उक्त पेशा छोडीसकेको बताए । आफुले बनाएको माटोका भाँडाको मुल्य ५० रुपैयाँ पनि नपाँउदा आफु बाध्य भएको उनको भनाई छ । टमट्टाले भने “माटोका भाँडा बनाँउने हाम्रो पारिवारिक पेशा हो, त्यसैले आफु बुढो भए पनि आफ्नो सीप पछाडीका पुस्तालार्ई सिकाउने सपना थियो । तर आधुनिकीकरणले गर्दा सपनामै सिमित होला भन्ने डर लागेको छ ।” जिल्लाको रामारोशन २ मा करिव ८० टमट्टा परिवार बिगतमा माटोका भाडाकुडा बनाएर गाँउमा बिक्रि गर्ने गर्दथे । तर बदलिदो समय, बढ्दो आधुनीकरण, माटाका भाँडाको घट्दो प्रयोग, धातुका घाँडाको सहज उपलब्धता आदि कारणले माटोका भाँडाका साथसाथै त्यस्तो कलात्मक सीप पनि लोप हुन थालेकोमा स्थानियको चिन्ता बढेको छ ।