भूसंरक्षण कार्यालयको हाकीमको लाश जंगलमा

194

पुस २६,
काठमाडौं । केही दिनदेखि हराइरहेका भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम चितवनमा मृत फेला परेका छन् ।
पर्वतको राम्जा देउराली स्थायी घर भएका गौतम कार्यालयको कामको सिलसिलामा गत पुस १८ गते सोमबार काठमाडौं हिँडेका थिए ।तर, गौतमको शव सोमबार साँझ ७ बजे चितवनस्थित रामनगर जंलगमा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
घरबाट हिँडेदेदखि नै परिवारको सम्पर्कमा नआएका गौतमलाई खोज्न परिवारका सदस्य काठमाडौं आईपुगेको भएपनि उनी धेरै दिन चितवनतिरै रहेका थिए ।
गौतमलाई जंगलामा झुण्डिएको अवस्थामा फेला पारिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रहरीले पोष्टमार्टम पछि उनको शवलाई परिवारको जिम्मा लगाएको छ । उनको आत्महत्या हो या हत्या भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।