दिव्यश्वरी सेवा समितिमा खड्का

347

भक्तपुर । मध्यपुर थिमि–१६, लोकन्थलीस्थित दिव्यश्वरी मन्दिरको संरक्षणका लागि भएको दिव्यश्वरी सेवा समितिको अध्यक्षमा स्थानीय समाजसेवी प्रेमबहादुर खड्का सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन् । समितिको शनिवार सम्पन्न २२ औं साधारणसभाले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा विजयकृष्ण खड्का, द्धितिय उपाध्यक्षमा जगतकृष्ण प्रजापति, महासचिवमा राम बुढाथोकी, सचिवमा बालकृष्ण प्रजापति र कोषाध्यक्षमा पुर्षोत्तम खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवम् निवर्तमान अध्यक्ष सुरज खड्काले बताए । त्यसैगरी समितिका सदस्यहरुमा अजुर्नबहादुर कार्की, गोकुल खड्का, रमेश प्रजापति, आशलाल प्रजापति, राजेशकुमार बुढाथोकी, गोपाल दाहाल र विभद देव पन्त सर्वसम्मत चयन भएका छन ।