‘मेरो वरिपरि सेक्सको कुरै आउँदैन’

276

पर्दाभित्र होस् वा बाहिर अहिले नीता ढुंगाना चर्चाकै केन्द्रमा छिन् । अघिल्लो बर्ष राम्रो फिल्म दिएकी नीताको कामको तारिफ छँदैछ, त्यसमा थपिएको छ उनको प्रेम प्रसङ्ग । आफ्नो प्रेम सार्वजनिक गर्ने मामिलामा उनी अलिक उदार देखिएकी छिन् । अहिले प्रेमी आमेश र उनको प्रेमचर्चा नेपाली सिने क्षेत्रमा हट टपिक्स हो । केही बर्षभित्रै आमेशसँग घरज मगर्ने तयारीमा रहेकी नीता आखिर कस्ती नायिका हुन रु हामीले उनको निजी जीवनका केही रहस्य र आनीवानी खोतल्ने प्रयास गरेका छौं अन्तरङ्ग सम्बादमार्फत
१। तपाइको नजरमा प्रेम ?
जीवन जीउने बाटो हो ।
२। जीवन कसैसँग साट्न पाए समकालिन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म कसैसँग पनि साट्दिन । म भन्दा ठूलो कुरा अरु केही छैन ।
३। गहिरो पश्चाताप कहिले र केमा गर्नु भएको थियो ?
ममीको निधन हुनु भन्दा अगाडि मैले उहाँलाई समय दिन पाइन, यसमै पश्चाताप गरिरहेको छु ।
४।तपाई आफ्नो जीवनमा सबैभन्दा खुशी भएको क्षण ?
खुशी त म जहिले पनि हुन्छु नै । जब एउटा स्कुलको प्रतियोगीतमा नृत्यतर्फ उत्कृष्ट भएँ, सबैभन्दा धेरै खुशी सायद त्यही बेलामा थिएँ म ।
५।समय र फुर्सद भएको खण्डमा नेपालको कुन ठाउँमा गएर समय बिताउन मन छ ?
प्रायः धेरै ठाउँमा पुगेकी छु । ओखलढुंगा गएकी छु तर, पनि फेरि जान मन छ ।
६।खान पकाउने र भाडा माझ्ने काममध्ये एउटा रोज्नु परे कुन रोज्नुहुन्छ रु
खाना नै बनाउँछु म । भाडा माझ्न अल्छी लाग्छ ।
७। आफ्नै नजरमा तपाइका तीन कमजोरी ?
विश्वास चाडै गर्छु, धेरै बोलीरहन्छु र साना(साना कुरामा पनि गम्भिर भएर सोच्छु ।
८। तपाई सबैभन्दा बढी विश्वास के मा गर्नुहुन्छ रु
आफ्नो काम र परिश्रममा ।
९। कुनै बेला रुनुभएको छ रु
धेरै पटक रोएकी छु ।
१०। ठट्टा र रमाइलो गर्न कत्तिको मन लाग्छ ?
एकदमै मन लाग्छ । जोक्स सुन्न मन लाग्छ ।
११। झुट कत्तिको बोल्नुहुन्छ ?
झुट बोल्दा घाटा नलाग्ने छ भने बोल्छु ।
१२। तपाइलाई सबैभन्दा रिस उठाउने कुरा रु
ठूलो कुरामा झुट बोलेको मन पर्दैन ।
१३। अति रिस उठेको बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
मलाई रिस उठेको बेला कोही पनि वरिपरी नआए हुन्छ । डेढ घन्टा नबोली बस्छु ।
१४।आफ्नो जीवन र कर्मको मुल्यांकन एक वाक्यमा गर्नु परे ?
जीवन र कर्म दुबै दौडने घोडा हुन् ।
१५। मद्यपान र धुम्रपान गर्नुहुन्छ रु
वियर र रक्सी केही पनि पिउँदिन । सिमित परिवार मात्र भएको कार्यक्रममा वाइनसम्म लिन्छु ।
१६। मनले चाहेको तर पुरा गर्न नसकेको संकल्प रु
अहिलेसम्म त केही पनि छैन । यो गर्नै पाएको छैन भन्ने केही पनि छैन ।
१७। प्रेम र सेक्स बीचको सम्बन्धमा तपाइको नजरमा ?
सेक्स त मेरो वरिपरी नै आउँदैन । प्रेम भयो भने, साथ भयो भने जीवन जिउन रमाइलो हुन्छ । मलाइ लाग्दैन प्रेममा सेक्सको आवश्यकता छ । साभारः अनलाइन खबरबाट