बोजिनी नगरकोट रिसोर्ट संञ्चालनमा

2055

पुस ११ ।
भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा बोजिनी नगरकोट रिसोर्ट संञ्चालनमा आएको छ । भक्तपुर जिल्ला नगरकोट नगरपालिका वडा नं. ७ मा रहेको उक्त रिसोर्टबाट सुर्यअस्तको रमणीय दृश्यसंगै काठमाडौं उपत्यकाको अवलोकन गर्न सकिने संचालक दामोदर दंगालले बताए । आन्तरीक तथा बाह्य पर्यटकलाई उचित मुल्यमा गुणस्तरीय सेवा दिने उद्देश्उले रिसोर्ट संचालक भएको दंगालको भनाई रहेको छ ।
हाल १८ ओटा कोठा रहेको रिर्सोटको सधै काठाबाट मनोरम दृश्य देख्न सकिने छ । प्रत्येक कोठामा एयरकन्डिसन जडान गरीएको छ । पाहुनाहरुलाई स्थानीय स्तरमा उब्जाउ भएका अर्गानिक कृषी उत्पादन सहित सेवा दिने तयारी रहेको संचालक बताए । रिर्सोटमा सभा हल, बार, आरामदायी कोठा लगायतको स्तरीय सेवा रहेको छ । उक्त रिर्सोटमा पुग्न भक्तपुरको कमलविनाय भत्केको पाटीबाट वैकल्पीक नगरकोट सडक हुदैँ वा नगरकोटबाट टावर हुदैँ पनि आउन सकिन्छ । तपाईको नगरकोट बसाईलाई सुन्दर बनाउन ०१–५१४५२३८ वा ५१४५२३९मा फोन गर्न सक्नुहुनेछ ।
bojine-3jpg
bojine-2jpg