आज सभामुखको पहलमा तीन दलको बैठक बस्ने

178

काठमाडौं । संसदको अवरोध हटाउने पहलका लागि सभामुख ओनसरी घर्तीले आमज सोमबार मुख्य दलका शीर्ष नेतासँग छलफल गर्ने छिन् । महत्वपूर्ण विषय संसदमै अलपत्र speaker-onsari-gharti-magar
परेपनि दलहरुबिचको विवादका कारण संसद बैठक चल्न नसकिरहेका बेला समाभुख घर्तीले निकास खोज्न कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न स्रोतले जानकारी दिएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । सहमतिका लागि भन्दै यसअघिको बैठक स्थगित गरिएपनि दलहरुले यसबारेमा छलफल गर्न सकेका छैनन् । बैठकमा अवरोध हटाएर संसदको बैठक सञ्चालन गर्ने विषयमा छलफल हुने छ । मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि एमाले लगायतका विपक्षी दलले त्यसको विरोधमा मंसिर १६ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् । यसैबिच, आजको बैठकमा संविधान संशोधनको कार्यसूची राख्ने तयारी संसद सचिवालयले गरेको छ । सचिवालय श्रोतका अनुसार सभामुखले तीन दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रस्तावमाथिको छलफल कार्यसूचीमा राख्ने नराख्ने टुंगो लाग्नेछ ।