Saturday, September 26, 2026
Home Uncategorized निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत- मन्त्री नायक

निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत- मन्त्री नायक

184

माघ ११
भक्तपुर । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले भने ‘राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकको नाम देखाएर आफ्नो निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको हो । ’ उनले राष्ट्रिय हितका बिषयमा सोच्न सरकारी वकिलहरुलाई आग्रह गरेका छन् । उनले मधेशी मोर्चा र प्रतिपक्ष दलले आफ्ना हठ् त्यागेर दुवै पक्षले न्यूनतम साझा सहमतीको बिन्दुमा आउन पर्ने बताए । वर्तमान समयको माग रहेको भन्दै उनीहरुले आफ्नो हठ् कायम राखे देशले बिभिन्न किसिमका संकट भोग्नु पर्ने र उनीहरुले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने मन्त्री नायकको दाबी छ । कार्यक्रममा बोल्दै मन्त्री नायकले भने ‘सरकारले चुनाव गराउँदैन भनेर हल्ला चल्लाउने प्रतिपक्षले कुनै सत्यता नभएको भन्दै सरकारको मख्य उद्देश्य संबिधान कार्यान्वयन भएकाले चुनाबको कुनै बिकल्प छैन् । सबै को मिलन बिन्दु पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री नायकको भनाई छ ।