रोगका बारेमा प्रवासी र आफन्तसंग अभिमुखिकरण

205

लालबहादुर विक
pic
अछाम । प्रबासी र प्रबासीहरुका घरपरिवारहरु संग एक दिने अभिमुखीकरण गोष्ठी मंगलसेनमा भएको छ । एच आई भि एड्स तथा यौन रोगका बारेमा प्रवासी र प्रवासीहरुका आफन्तसंग अभिमुखिकरण कार्यक्रम गरीएको हो । जिल्लाको मंगलसेन नगरपालिकाका सबै वडाहरुका प्रबासबाट आएका र प्रबासमा रहनु भएका पुरुषहरुका घरपरिवारका महिला ,पुरुष तथा महिला स्वमसेविकाहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसघिय जनसंख्या कोष अछामको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालयको सहजिकरण र जिल्ला युवा संञ्जालको समन्वयमा भएको अभिमुखीकरण गोष्ठीमा एच.आई.भि.÷एड्स र यौनरोगहरुका बारेमा कार्यक्रमका सहभागिहरुलाई जानकारी गराईएको थियो । महिला पुरुष गरी २९ जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रबेश भण्डारी, जिल्ला युवा संञ्जाल अछामका एकेन्द्र महताले गर्नु भएको थियो ।