संविधान संशोधनको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध

358

 
samsad-meeting-sambidhan-sabha-334744119
 
१६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।
 
संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको उनको आरोप छ ।
५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै एमाले उपाध्यक्ष गौतमले यसले पहाड र तराईलाई मिलाउन पाइन्न भन्ने आवाज बुलन्द भएको बताए । साथै दशलाई बर्बाद बनाउने र तराईलाई अलग राष्ट्र बनाउन मद्दत गर्ने बताए ।
गौतमले बोलेलगत्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । सभामुख ओनसरी घर्तीले बिहीबारको बैठकमा संविधान संशोधन एजेण्डा नभएको भन्दै बस्न आग्रह गरिन् । तर, विपक्षी सांसदहरुले विरोध जारी राखेपछि संसद बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ ।