इँटा भट्टाबाट बालश्रमिकको उद्धार

238

Brick Factory, Nepal
Brick Factory, Nepal

भक्तपुर। चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रुपमा कार्यरत रोल्पा जुगार–५ घर भएका १४ वर्षीय थमन परियार, सोही ठाउँका १४ वर्षीय गणेश परियार, १४ वर्षीया मिनु परियार, १५ वर्षीय दिनु परियार, १२ वर्षीया सुष्मा परियार, रोल्पा गैरीगाउँ– ५ का १६ वर्षीय शिवराज घर्तीको उद्धार गरिएको हो । भट्टाका नाइके रोल्पा जिल्ला जगार–५ स्थायी घर भएका लोकबहादुर नेपालीले बालबालिकाको परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ल्याएर इँटा भट्टामा श्रममा लगाउने गरेको पाइएपछि भक्तपुर प्रहरीले नेपालीलाई पक्राउ गरेको छ ।बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महिला विकास कार्यालय भक्तपुर, मानव अधिकारसँग सम्बन्धित निकायका प्रतिनिधिसहितको रोहवरमा ती बालबालिकाको उद्धार गरिएको हो ।