भारतमा सयौं अमेरिकी सैनिकको कंकाल

185

एजेन्सी । भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको भ्रमणमा आएको अमेरिकी टोलीले हालै सो क्षेत्रमा फेला परेको मानव अवशेष दोस्रो अमेरिकी सैनिकको हुन सक्ने जनाएको छ । लोअर दिबांग क्षेत्रका स्थानीयले हालै मानव अवशेष अमेरिकी टोलीलाई सुम्पिएका थिए । ती अवशेष गत वर्ष फेला परेको हो । तिनको पहिचान गर्ने प्रयास भइरहेको छ । चीन र म्यानमारसँगको सीमा नजिक भारतीय क्षेत्रमा करिब ४ सय अमेरिकी सैनिकको अवशेष हुन सक्ने अनुमान गरिएको छ । दोस्रो विश्वयुद्धका क्रममा सो क्षेत्रमा जापानसँगको लडाईमा चीनलाई सहयोग गर्ने मित्र राष्ट्रहरुको अभियान अन्तर्गत ती सैनिक बेपत्ता भएको बताइन्छ । अरुणाचल आएको अमेरिकी टोलीका सदस्यले १० हजार फिटको उचाईमा पुगेर अनुसन्धान गरेको छ । विश्वयुद्धकै क्रममा हिमालको सोही पर्वतीय शृंखलामा एउटा विमान दुर्घटना भएको बताइन्छ । कोलकातास्थित अमेरिकी वाणिज्यदूतावास कार्यालयले भनेको छ, ‘केही मानवअवशेष फेला परेको छ, भारत सरकारले अनुमति दिएमा ती अवशेष परीक्षणका लागि पठाइने छ ।’