जनजाति महासंघमा अध्यक्षयमा बराम विजयी

165

चितवन । केही दिनदेखि जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलकोे प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । ५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत प्राप्त गरेका छन् । निर्वाचनमा १ मत बदर भएको थियो । यस्तै महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । ताजपुरियाले ३७ र उनका प्रतिद्वन्दी टासी हृवाल्मुले १५ मत पाएको थिए । यसैगरी कोषाध्यक्षका उम्मेदवार मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्दी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । उपाध्यक्षहरुमा गणेश थकाली र कुष्णकुमारी थकाली विजयी भएका छन् । त्यस्तै सचिवमा श्रृति कुमाल विजयी भएको भुलेज समाजका केन्द्रीय सचिव प्रकाश भुजेलले जानकारी दिए । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेको थियो ।