निखिल उप्रेतीको नयाँ फिल्म किङको गीत यस्तो छ

566

आगामी पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म किङको अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक अधुरो थियो सपना बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् । गीतको मेकिङ उच्च देखिएको छ । उत्कृष्ट सिनेमाटोग्राफी तथा सम्पादनले म्युजिक भिडियोलाई हेर्न लायक बनाएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेको हो भने संगीत वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको छ । स्वर प्रविशा अदिकारी र सन्नी सुनामको छ । गीतमा लुम्बिनीको मनोरम दृश्यहरु समावेश छन् । जगन श्रेष्ठको प्रस्तुतीमा बनेको फिल्मका निर्माता जयन श्रेष्ठ हुन् भने ’किङ’लाई निर्देशन सविर श्रेष्ठले गरेका छन् । लभस्टोरी एक्शन जनराको फिल्ममा एक्शन रोशन श्रेष्ठको छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मको कथा पनि सविर श्रेष्ठको हो ।