जिप दुर्घटनामा ७ जनाको मृत्यु

373

jeep-accident-1200x545_c
कावासोती । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् । मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् ।