भुकम्पको धक्कासंगै घर भत्कीयो, एकाबिहानै उपत्यकाबासी सडकमा

210

earth-quake-builing3
काठमाडौं । सोमबार बिहान ५ बजेर २० मिनेट जाँदा उपत्यकाबासी सडकमा निस्कीएका छन् । पोखरामा आजको भुकम्पको धक्काले एउटा घर भत्काएको छ । विहानै गएको भूकम्पले निद्राबाट ब्युँझेकाहरु सुरक्षीत स्थानमा भागेका र निद्राबाट ब्यँुझिनसेका नागरिकहरु त्रासपूर्ण अवस्थामै उठेका थिए । रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ । यसअघि गएको कात्तिक १ गते नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । धेरैपछि लामो अवधिसम्म धक्का महसुस भएको हो ।भूकप्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ । केन्द्रका अनुसार यो पोहोर वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै ४ सय ७५ परकम्प गइसकेका छन् । ठूलो भूकम्पपछि लामो समयसम्म परकम्प आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन केन्द्रले आग्रह गरेका छन् । यता लेखनाथका रुद्रमोहन भट्टराईको पुरानो घर भूकम्पले भत्किएको हो । भूकम्पले कास्कीमा अझै बढी क्षति भएको आँकलन गरिएपनि क्षतिको विवरण प्राप्त हुन बाँकी छ । कास्कीको उत्तरपूर्वी भूभागमा भूकम्पको महसुस बढी गरिएको स्थानीय नागरिकले बताएका छन् । भूकम्पको क्षतिको विवरण प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ । – प्रक्षेपण दैनीकबाट