अछाममा नमुना बिद्यालय

412

लालबहादुर विक
। सफा, ब्यावस्थित र सुन्दर कक्षाकोठा बिनधेवासीनी मावि दर्ना माझेठानाका बिद्यार्थिहरु सिक्दै रमाईरहेका हुन्छन । त्यहाँ कक्षाकोठाका भित्ताहरु रंगीचंगी बनाईएका छन भने काम नलाग्ने कागजहरु र अन्य स्थानिय श्रोतवाट बनेका शैक्षीक सामग्रिले कक्षाकोठा भरिपूर्ण बनाईएका छन । झट्ट हेर्दा कुनै सङग्रहालय भन्दा कम नलाग्ने यो दृश्य हेर्ने जो कोहीको पनि मन लोभिन्छ
बिगत ३ शैक्षीक सत्रदेखी बालमैत्री शिक्षण सिकाई प्रारम्भ गरेको उक्त बिद्यालय हाल जिल्लाकै नमुनाको रुपमा रहेको छ । बिद्यालयमा बालविकास देखी कक्षा ३ सम्मका बालवालिकालाई बालमैत्री बातावरणमा शिक्षण हुने गर्दछ । ४ वटा कोठामा बालमैत्री बातावरण बनाईएको छ र उनिहरुलाई रमाउदै सिक्ने अवसर छ । यो देखेर त्यहाँ जाने जो कोही पनि लोभिन्छन । आफुले ढुंगामा बसेर पढेको, बिद्यालय बनाँउनका लागि कुटो कोदालो लिएर काम गरेको स्मरण गर्द छन स्थानिय बासिहरु बिद्यालयको हालको अवस्था वाट निक्कै खुसी छन । बिगतको अवस्था सम्झिदा कसैले राम्रो भन्दा पनि बिश्वास नलाग्ने बताँउदै पछिल्लो समय नुमुना बिद्यालय भनेर धेरै अनुसन्धानकर्ता र अवलोकन कर्ता आएपछि भने खुसीले सिमा नाघेको उनीहरुको भनाई थियो ।
बालमैत्री कक्षा सञ्चालनका लागि बिद्यालयवाट मासिक रुपमा ७ हजारका दरले शैक्षीक सामग्रि निर्माणमा खर्च हुने गरेको प्रधानाध्यापक नैन बहादुर शाहले बताए । यो हिसाव गर्दा न्यूनतम वार्षिक रुपमा ८४ हजार देखी एक लाख सम्म बालमैत्री कक्षाका लागि शैक्षीक सामग्रि निर्माणमा मात्रै खर्च भैरहेको शाहले बताए । यो पद्धतीवाट बालवालिकालाई शिक्षण गराँउदा निकै प्रभावकारी भएको बताँउदै उनले बालवालिका कक्षाको बातावरणले गर्दा खुसीसाथ रमाउदै सिक्ने गरेको भन्दै उनले शैक्षीक गुणस्तरमा पनि टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन ।
प्रअ शाहले यसरी बालमैत्री शिक्षण प्रक्रियालाई सहज बनाँउनका लागि शिक्षा क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था वाक नेपालले पनि केही सहयोग गरिरहेको बताए । वाक नेपालले केही शैक्षीक सामग्रि निर्माणमा सहयोग गर्नुका साथै शिक्षक शिक्षीकाहरुलाई यसवारे बिभिन्न तालिम दिएर सहयोग गरिरहेको उनले बताए । यसवाट पनि बिद्यालयलाई केही सहज भएको उनको भनाई छ ।
बिद्यालयका लेखापाल नैन बहादुर साउद का अनुसार आवस्यक सबै सामग्रि राख्ने हो भने वार्षिक रुपमा डेढ देखी २ लाख सम्मको शैक्षीक सामग्रि बालमैत्री कक्षाकै लागि चाहिन्छ ।
बिगत २०४८ सालदेखी ५९ सालसम्म ३ कार्यकाल अध्यक्ष भएका पूर्व बिब्यस अध्यक्ष नवराज साउदले १० रुपैयाँका दरले चन्दा उठाएको र गाँउवाट एक केजी सुन संकलन गरी बैंकमा धितो राखेर निर्माण गरेको बिद्यालयले प्रगती गरेको देख्दा निकै रमाईलो लागेको बताए । अहिले भौतीक पूर्वाधारको विकास पनि राम्रै भएको भन्दै उहाँले सरकारी लगानी भएमा, शिक्षक, अभिभावक र जनता मिलेर गएमा विकास सम्भव हुने बताँउनुभयो ।
सबै एकजुट भएर लागेमा बिद्यालयलाई अझैं राम्रो बनाँउन सकिने अर्का अभिभावक भक्ते सिंह साउदको भनाई छ । यस्तै आफु पढ्दा ढुंगामा बसेर पढेको सम्झदै बि ब्य स सदस्य बहादुर साउद र टेक बहादुर शाहले अहिले आवस्यक आधारभुत कुराहरु सबै रहेको बताए ।
कक्षाभित्रको शान्तिपूर्ण बातावरण, बालवालिकाहरुको सहभागिता र सबैको सकारात्मक सहयोगका कारण बालवालिकालाई बालमैत्री रुपमा पढाँउन पाएको कक्षा २ की शिक्षीका पुष्पा सिंह (शाह) ले बताईन ।
हालसम्म उक्त बिद्यालयको बालमैत्री बातावरणको अध्ययन र अवलोकन गर्न नर्बे, भारतको केरला, शिक्षा बिभाग, दैलेख र जिल्लाकै बिनायक र ढाँकु श्रोतकेन्द्रवाट अध्ययन तथा अवलोकन कर्ताहरु आएको प्रअ नैन बहादुर शाह बताँउछन ।
कम्प्यूटर कक्षा पनि यस बिद्यालयमा नुनाकै रुपमा प्रयोग भैरहेका छन । जिल्लाका अन्य बिद्यालयमा कम्प्यूटर प्रयोग बिहिन भैरहेका बेला यस बिद्यालयमा भने प्रोजेक्टर मार्फत कम्प्यूटर पढाईन्छ र ईन्टरनेट सुवीधा पनि रहेको छ । वाक नेपाल नामक गैससले प्रोजेक्टर लगायत केही सामग्रि उपलब्ध गराईदिएपछि कम्प्यूटर शिक्षामा थप सहज भएको प्रअ शाह बताँउछन ।
प्रावि तहमा नुमना बन्न सफल बिद्यालयलाई मावि तहसम्म नमुना बनाँउने बिद्यालय परिवारको धोको रहेको छ । पर्याप्त खानेपानीको ब्यावस्था, भौतीक संरचनाको विकास, घेरा पर्खाल निर्माण र खेलमैदानका लागि कहीं कतैवाट सहयोग भईदिए अन्य ब्यावस्थापन आफै गरेर भएपनि मावि स्तरमा समेत नमुना बिद्यालय बनाँउन सक्ने बिद्यालय प्रशासन, बिब्यस र त्यहाँका सरोकारवालाको भनाई छ ।