Saturday, September 26, 2026
Home Uncategorized वीर अस्पतालमा अब लाइन बस्न नपर्ने

वीर अस्पतालमा अब लाइन बस्न नपर्ने

580

काठमाडौं । वीर अस्पतालले मंसिर १ गतेबाट लागु हुने गरि टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीहरुले मूक्ति पाउने भएका हुन । वीर अस्पतालमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताउनु भएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाउन घण्टौं लाइन बस्ने बाध्यताको अन्त्य गर्न सबै सरकारी अस्पताललाई यस्तो निर्देशन दिएका थिए । अस्पतालका निर्देशक डा. वस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिन भित्र डिजिटल नागरिक वडापत्र समेत राखने भएको छ । वीरको डिजिटल नागरिक बडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाहरुको जानकारी दिइने छ । अस्पतालमा आउने विरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, कहाँ पैसा तिर्ने, कहाँ भिडियो एक्सरे, एक्सर कहाँ गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउने लगायतको सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ । डिस्प्लेमा अस्पतालको इतिहास देखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइ छ । विर अस्पताल बाहेक परोपकार तथा प्रसुति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्ज लगायतले समेत लाईन व्यवस्थापन गर्न टोकन प्रणाली लागु गरेका छन् ।