भक्तपुरको जगातीमा यातायात व्यवस्था कार्यालय खुल्यो

1046

माघ २,
भक्तपुर । भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतीपत्र दिने नयाँ कार्यालय खुलेको छ ।
अरनीको राजमार्ग अन्र्तगतको भक्तपुरको जगातीमा आईतबारबाट उक्त कार्यालय संचालनमा आएको छ । कार्यालयको उदघाटन गर्दै भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले अबको केही समय भित्र यातायात सम्बन्धी सम्पूर्ण कार्य अनलाईनबाट गर्ने तयारी गरीरहेको बताएका छन् ।
मन्त्री लेखकले सवारी चालक अनुमतीपत्र लिनेको अत्यधिक चाप भएकाले उपत्यकाको विभिन्न स्थानमा कार्यालय थप गरीएको बताए ।
अबको केही दिनमै काठमाडौं चावहिलको पनि कार्यालय संचालनको तयारी भइरहेको भन्दै भने ‘मन्त्री लेखकले रातभरी लाईन बस्नु पर्ने समस्या हटेको छ ।’
सरकारी कार्यालय स्थापनाकोलागि प्रक्रिया लाग्ने भएकाले स्वयम्भु, चावहिल र भक्तपुरमा केही दिन थप समय लागेको मन्त्री लेखकले बताए ।
यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका प्रमुख अनुज घिमीरेको अनुसार कार्यालयमा भोली सोमबारबाट सवारी चालक अनुमतीपत्रको नविकरण गर्ने र नेपालीकरण हुने बताएका छन् ।
घिमिरेले नयाँ अनुमतीपत्रकोलागि भने १५ दिन लाग्ने बताए । कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा दिने स्थानको खोजी गरीरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतीपत्र प्रदान गर्न नसकिएको बताए ।