श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषण, सुनितालाई छटपटी

253

मङ्सिर ५ –
रोल्पा – श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहेकी छिन् ।
पगउयकजबलरोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४ केजीमा झरेको छ । उनी रक्तअल्पत्ता तथा निमोनियाबाट पनि पीडित छिन् भने स्वास्थ्य कार्यालयको अभिलेखअनुसार उनी पटकपटक पखालाबाट पनि उत्तिकै ग्रसित भएको देखिन्छ ।
बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्जअस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउँछन् । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताइन् ।
स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन् ।