सप्तरीमा एमाले नेतालाई कालोमोसो

347

फागुन २०,
सप्तरी । शनिबारदेखि प्रारम्भ हुन लागेको मेची(महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका छन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ ।
अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई राजविराजमा कालोमोसो दलेका छन् ।
राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए । मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो ।