लमहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन टेण्डर आहृवान

405

४ असोज, दाङ । १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ । क्रिक्रेट मैदान निर्माणको लागि लमही नगरविकास समितिले एक करोड ३१ लाखको टेण्डर आहृवान गरेको छ ।