Sunday, July 12, 2026
Home Blog Page 913
काठमाडौँ । सांसद गगन थापाको निर्वाचन क्षेत्रमा युवा इञ्जिनियर आकर्षण पोखरेलले काठमाडौँ क्षेत्र नम्बर- ४ मा उम्मेदवारी दिने भएका छन्। उनले घोषणा गरेको क्षेत्र नेपाली कांग्रेसका महामन्त्री थापाको पनि क्षेत्र हो। अघिल्लो निर्वाचनमा उनी सोही ठाउँबाट निर्वाचित भएका थिए। उनले ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।गत वैशाख ३१ मा...
काठमाडौं । राजधानी मुटु मानिने ठमेल क्षेत्र रातभर जागा रहन्छ । तेहीभित्र क्लब, दोहोरी, रेष्टुरेन्टहरु ग्राहकको सेवामा खुला रहन्छन् । सुरक्षाकालागि भन्दै सुरक्षागार्ड, बाउन्सर तिनै क्लब र दाहोरीले पालिरहेका हुन्छन । तिनै सुरक्षागार्डबाट क्लबभित्र मनोरञ्जन गर्न आएका ग्राहक कुटिएको घटना सार्वजनिक भएको छ ।गत शुक्रबार साथीको भिषा आएर विदेश जाने पक्का भएपछि काठमाडौं पेप्सीकोलाका रोहण प्रधान ठमेल पुगे ।...
काठमाडौं । सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको हो । तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्। टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि उद्धारमा परिचालन गरिएका छन्।...
काठमाडौं । किसानहरुले आफूले पालेका कुखुरालाई गाँजा खुवाइरहेका छन् । थाइल्याण्डका किसानहरुले कुखुरालाई गाँजा खुवाउनुको विशेष कारण छ । एन्टिबायोटिक्सबाट जोगाउनका लागि भन्दै उनीहरुले कुखुरालाई गाँजा खुवाउने गरेका हुन् । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको लम्पाङ्ग सहरमा रहेका कुखुरा फारामहरुमा पालिएका कुखुराहरुलाई वैज्ञानिकहरुको सल्लाहमै कुखुरालाई गाँजा खुवाउन थालेका छन् । त्यहाँका किसानहरुले पट पोल्ट्री परियोजना सुरु गरेका छन् । उक्त...
काठमाडौं । नेपाली सेयर बजारमा गिरावट आउने क्रम सोमबार समेत निरन्तर रह्यो । ४९.३१ अंकले घटेको बजार १८८४.८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो । सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९.३१ अंकले घटेको हो । सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा...
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी...
विराटनगर । आफ्नो साथी भेटन शुक्रबार घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ । प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या...
मोरङ । आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–११ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।घाइते भएका मोटरसाइकल...
काठमाडौं । फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यस फिल्म दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको हो । यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा दया र सौगातको...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।