Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय दुई घन्टादेखि केबलकार बीच बाटोमा अड्कियो

दुई घन्टादेखि केबलकार बीच बाटोमा अड्कियो

120

काठमाडौं । सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको हो । तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्। टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि उद्धारमा परिचालन गरिएका छन्। त्यस्तै प्रहरीले उद्धारको कामलाई निगरानीमा राखेको छ। उनीहरूको तत्कालै उद्धार नगरिए विपद्को टोली पनि बोलाइने इन्डिया टुडेले जनाएको छ। केबलकार दुई घन्टादेखि अड्किएको छ। गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो। एजेन्सी

https://twitter.com/ANI/status/1538822283459895296?cxt=HHwWgICpodet_9oqAAAA