पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग

141

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै
पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।