Friday, July 10, 2026
Home Blog Page 896
बारा । बाराको सुवर्ण गाउँपालिका(७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिरज प्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।सुवर्ण गाउँपालिका(७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस...
काठमाडौँ । थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर...
तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । सो घटनाबारे सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जानकारी गराएको हो ।बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुई वटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई...
मंगलबारे। पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जाने पर्यटकबाट नै पुष्टि हुन्छ । जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो निर्माण गरिएको छ ।उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ । इलाम बजार नजिकै रहेको इलाम...
चितवन । स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरूले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता...
काठमाडौं । नेपालले भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाखभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको छ। अट्ठाइस दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको अधिकारीहरूले बताएका छन्।'यो प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो,' प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने। नेपालले...
खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका(४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको हो ।घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका(५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञप्तिमार्फत जानकारी दिएको छ...
नेपालगञ्ज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनाहा नाका हुँदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।सीमा नाका जमुनाहमा...
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको ओन्टारियोस्थित स्थानीय क्रिकेट क्लबसँग अभ्यास खेल खेल्दै छ । किङ्ग सिटीमा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । ओन्टारियोको कमानी पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरले गर्नेछन् ।नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । पहिलो एकदिवसीय असार २० गते...