Saturday, September 26, 2026
Home अन्तर्राष्ट्रिय कार दुर्घटना हुँदा १० जनाको मृत्यु

कार दुर्घटना हुँदा १० जनाको मृत्यु

75
फाइल तस्बिर

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । सो घटनाबारे सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जानकारी गराएको हो ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुई वटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्। घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।