बिजुली बेचेर १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी आम्दानी

96

काठमाडौं । नेपालले भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाखभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको छ।
अट्ठाइस दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको अधिकारीहरूले बताएका छन्।

‘यो प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो,’ प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने। नेपालले भारतलाई ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ। त्यसमा कहिलेकाहीँ फ्रिक्वेन्सी हेरेर कुनै इभेन्टका बेला ४८ मेगावाट अतिरिक्त पठाउँछौँ। अधिकारीहरूका अनुसार नेपालले सरदरमा निर्यात गर्न पाउने सीमाको पूर्ण क्षमतामा विद्युत् बेचिरहेको छ।

नेपालले जेठ १९ गतेबाट भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ। जारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।

आयातको अवस्था कस्तो देखिन्छ ?
हाल नेपालले भारतलाई बिजुली बेचिरहेको भए पनि विविध समस्याका कारण वर्षैभरि दक्षिणी छिमेकीबाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता नेपालको छ। एकै दिनमा १० करोडसम्मको बिजुली भारतलाई बेच्दा समेत सुदूरपश्चिममा टनकपुरबाट ४० देखि ५० मेगावाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता छ।

सुदूरपश्चिम क्षेत्रमा उत्पादित विद्युत्‌ले त्यस क्षेत्रको माग पूरा नगर्ने हुँदा नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पुर्‍याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ।
साथै पूर्वाधारको पनि अभाव छ जस कारण सुदूरपश्चिममा भारतमा अझै केही वर्ष निर्भर रहनुपर्ने अवस्था रहेको बताइन्छ। देशका अन्य क्षेत्रमा भने प्राविधिक समस्या आउँदा मात्रै भारतबाट बिजुली लेन देन गर्ने गरिएको छ।

गत आर्थिक वर्षमा नेपालले भारतबाट ७१९.३५७ मिलियन युनिट विद्युत् आयात गरेको भट्टराई बताउँछन्। भारतबाट बिजुली खरिद गर्दा प्रतियुनिट औसतमा ९.१० नेपाली रुपैयाँमा कारोबार गरेको बताइन्छ। दुई देशका सरकारी कम्पनीबीच पहिलोपटक संयुक्त लगानीमा अरुण चौथो बन्ने
‘करिब १८० मेगावाट बिजुली भारत निर्यात तर अझै रोकिएन नेपालमा आयात
सामान्यता हामीले भारतमा बिजुली उच्च हुँदा कम खरिद गर्छौँ’ भट्टराईले भने। नेपालले ऊर्जा विक्री बढाएर कम खरिद गर्नुपर्ने अवस्था आउनुले भारतसँगको व्यापार घाटा कम गर्न उल्लेख्य सहयोग गर्ने जानकारहरू बताउँछन्।

कुन-कुन आयोजनाबाट विक्री भइरहेको छ ?
नेपालले सुरुमा त्रिशूली र देवीघाट जलविद्युत आयोजना अन्तर्गतको ३९ मेगावाट विद्युत् भारततर्फ निर्यात सुरु गरेको थियो। त्यसपछि कालीगण्डकी ए जलविद्युत् आयोजनाको थप १४४ मेगावाट बिजुली निर्यात गर्न थालियो। त्यसबाहेक हाल मर्स्याङ्दीको, मध्य मर्स्याङ्दी र लिखु जलविद्युत आयोजनाबाट उत्पादित बिजुली पनि विक्री भइरहेको छ। प्राधिकरणका अनुसार हाल औसतमा नेपालको १,८०० मेगावाटसम्म विद्युत् उत्पादन क्षमता छ। जलाशययुक्त कुलेखानी आयोजनाको विद्युत् समेत जोड्ने हो भने उत्पादन क्षमता १,९०० मेगावाटको हाराहारीमा पुग्छ। -बीबीसीबाट