Wednesday, July 8, 2026
Home Blog Page 881
काठमाडौं । महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त...
काठमाडौं । महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।गम्भिर घाइते भएका मोटरसाइकलमा सवार...
बारा । आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८...
काठमाडौं । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् । महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित ¥याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको ¥याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।
काठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदीको भाउ भने प्रतितोला...
काठमाडौं । नेपाल इन्स्युरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् । जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्स्युुरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको...
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो ।सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं...
काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३ , कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।यस्तै, बैंकले कानुन...