मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

43

काठमाडौं । महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

गम्भिर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । मोटरसाइकलमा सवार दुईजनामध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।