Wednesday, July 8, 2026
Home Blog Page 868
काठमाडौँ । सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। आज देशभरका शिवालयमा भक्तजनहरुको बाक्लो भिड् लाग्ने गरेको छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्। सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको छ । जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमले जनकारी दिएको छ ।...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो ।बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये...
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । 
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ ।कूल २१० कम्पनीको ३० लाख ४५ हजार...
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा भइरहेको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले वसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी र किशोर महतोलाई खेलाएको छ ।त्यस्तै पवन सर्राफको स्थानमा विनोद भण्डारीले खेल्दैछन् । स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डलाई अघिल्लो खेलमा पराजित गरेको थियो...
काठमाडौं । पशुपति क्षेत्रमा चर्को ध्वनिमा बज्ने संगीतदेखि फुटबल, भलिबल, ब्याडमिन्टन र साइक्लिङसम्मका खेल गतिविधिमा रोक लागेको छ । पशुपति क्षेत्र विकास कोषले २८ असारको निर्णयमार्फत यस्ता गतिविधिलाई आइतबारदेखि पूर्ण रोक लगाएको हो । कोषले जनावरदेखि साधुसन्तको ध्यान र पूजामा समेत अवरोध भएको भन्दै यो निर्णय लिनु परेको बताएको हो ।पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली शिव र...
काठमाडौँ । शुक्रबारदेखि तीनदिने भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न पाएनन्। उनी प्रधानमन्त्री मोदीलाई भेट नै नगरी काठमाडौँ फर्कन लागेका हुन्।आइतबार बिहान उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम थियो। आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा केन्द्रीय कार्यालयमै भेट गरेका माओवादी अध्यक्ष दाहाल मोदीसँग भेट नै नगरी काठमाडौँ...
काठमाडौँ । जापानका करिब १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु...