काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिती रहेको थियो ।सरसफाइ पश्चात शुभकामना मन्तव्य दिदै अध्यक्ष डा बद्री केसीले ललितपुरबासीप्रति आभार प्रकट गरेका...
बैतडी । अपांगता युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका.४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार-४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् । उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका आफन्तले बताएका छन् ।पीडित युवतीको...
काठमाडौं । मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ ।२०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनिय सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच(पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्...
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् ।९-११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ ।प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।
काठमाडौं । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए । उनको वीपी कोईराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन्...
बारा । महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ बर्षीय रामबाबु साह र पछाडी सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ बर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैया उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो ।...
नयाँ दिल्ली । भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष...
लम्जुङ । प्रहरीले चालू आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्। उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नौ दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ...










