उपसभामुख भुसालले लिइन् शपथ

54

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।