Home Blog Page 849
काठमाडौँ । सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान गरेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्ने सर्वसाधारणको अनुमान छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो ।राष्ट्र बैंकले...
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ३२ हजार ६३२ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।यसको मूल्य भने खुलाइएको छैन । यसमा, प्रोग्रेसिभकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको...
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका स्कुटरमा पछाडी सवार मोरङकै सुन्दरहरैचा–३ गछीयाका २१ वर्षीय...
काठमाडौँ । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका...
काठमाडौँ । उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाइघाट बाट इटहरी हिँडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल सँगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।आगलागीको खबर पाउने बित्तिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । सानो...
भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो ।...
भक्तपुर । भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ । पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो ।भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर...
काठमाडौँ । बैतडीमा करिब ४५ प्रतिशत भूभागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो ।विद्युत् पुगे पनि विद्युत् पुर्‍याउने कार्य परिपक्क नहुँदा धेरै ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । विद्युत् विस्तारका बखत ठेकेदारले पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू परिपक्क तवरले नतान्ने...
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ । गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ ।तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग...
काठमाडौं । धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु भएको छ ।धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने शेरू राना मगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया स्वीकृती मगर रहेका छन् । पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको...