काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ। उक्त मूल्यमा १ करोड ९ लाख ६० हजार ५४७ बुक...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्।बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा राजनीतिक परिस्थितिबारे बोल्दै नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका हुन्।प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका छन्। प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको...
काठमाडौं । सयपत्री हाइड्रोपावरले १३ साउन शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए ।
पर्सा । वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपियाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक...
सप्तरी । महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले विजेता टोलीका खेलाडीहरूलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्रसहित सम्मान गरेकी हुन्।सम्मानीत हुनेहरूमा सप्तरी टिमका कप्तान महबुब आलम, राहुल मण्डल, अभिशेक कार्की, रोहित सिंह, अमित यादव, निरज यादव तथा राज बर्मा रहेका छन्।यसैबीच उपप्रमुख...
काठमाडौँ । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा...
काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ...
रौतहट । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला...
दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४...










