सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् । २ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाइ निर्देशन दिएका हुन् ।मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वनसम्बन्धी छलफलमा बुधबार सुर्खेतमा बोल्दै मन्त्री...
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले विद्यार्थी सर्टिफिकेटमुखी नभई ज्ञानमुखी बन्नुपर्ने बताएका छन् ।भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरणमा अध्यक्ष बिजुक्छेंले पढ्नका लागि मात्र नपढी जीवनकै लागि पढ्नु पर्ने बताए ।सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले पढाइलाई प्रभावकारी बनाउनका लागि शिक्षकले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन्।उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने प्रचारमा पनि सत्यता नभएको बताएका छन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको उल्लेख गर्दै फेसबुकमा...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठकमा समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।एमाले सांसद कृष्णभक्त पोखरेलले पाँच महिनासम्म महाअभियोग त्यत्तिकै थन्याएर राखेको...
काठमाडौं । सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए ।सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर...
सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् ।सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए ।अस्पताल भर्ना गरेपछि एकपटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी...
लसएञ्जल्स । पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन् । सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन् ।उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन् । हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजसँग ब्रेकअप भएको घोषणा गरेकी छन् । यो जोडीले गत वर्षको नोभेम्बरबाट डेट सुरु...
खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् ।मंगलबार नेपाल विद्युत...
काठमाडौं । बैंक अफ काठमान्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत...
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ ।ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही,...










