बैतडी । बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ । ट्रस्ले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो ।खेलकुदका साथै विभिन्न सामाजिक कार्य गर्दै आएका मेनेजर तेजबहादुर चन्द ट्रस्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र...
लन्डन । कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा गत साल ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल अब नहुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको उक्त खेल रद्द गर्ने निर्णय गरेको हो । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले खेल नै रद्द गर्ने निर्णय गरेको हो ।फिफाले दुवै टोलीलाई नियमावलीअनुसार खेलमा सहभागी...
काठमाडौं । बैंक अफ काठमान्डूले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा आजदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्कासन तथा बिक्री खुला गरेको हो ।ऋणपत्रको अवधि सात वर्ष रहनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका एक अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।सोमध्ये ४० प्रतिशत अर्थात् ४४ करोड रुपैयाँ...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न...
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना...
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ ।प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर क्याडेटको पुरुष महिलामा २–२ स्पर्धा समावेश छन् ।प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । ...
काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो...
काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको...










