काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।
न्युयोर्क । एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन् । सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन् । त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए । इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार सुश्री ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामी गर्दैछिन् ।मस्कसँग...
लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ...
लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।पोखरा महानरपालिका- ३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका-१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने...
काठमाडाैँ । नेपाली कांग्रेसका स्व.नेता प्रदीप गिरिकी भाइ बुहारी तथा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्। सांसद समेत रहेका कांग्रेस नेता गिरिकाे अन्तिम इच्छा पूरा गर्नकाे लागि आफूले यस्ताे निर्णयले लिएकाे बताउँदै उनले बुधबार पार्टी परित्याग गरेकाे सामाजिक सञ्जालमार्फल घाेषाणा गरेकी हुन्।‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम...
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो ।विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ...
काठमाडौं । काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचनाहरु हटाउन थालेको छ ।बुधबार अवैध संरचना हटाउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पुगेका छन् ।संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।
महोत्तरी । बर्दिबासमा आन्दोलित शिक्षकहरूले उच्च अदालत जनकपुरमा हालेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिने लिखित जवाफ माग गरेको छ । पूर्वजानकारीविना एक्कासि करारमा कार्यरत शिक्षक हटाएको भन्दै पीडित शिक्षकहरूले अदालतमा रिट हालेका थिए ।अन्तरिम आदेशको माग गर्दै दिएको उक्त रिटमाथि अधिवक्ताद्वय मनिराम उपाध्याय र संजयराज अधिकारीको बहसपछि मुख्य न्यायाधीशको इजलासले लिखित जवाफ माग गरेको हो । विपक्षीहरूको लिखित...
काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो।नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा...
काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।










