काठमाडौं । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो ।गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो ।आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो...
सुर्खेत । आठ वर्षदेखि नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन काम नगर्दा बाँझै छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो । नयाँ सहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।नयाँ...
काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको हो । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।अस्पतालमा चिकित्सकसहित...
काठमाडौं । दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन् । उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको...
काठमाडौं । काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २५० रुपैयाँ र एक बुक तास सहित पक्राउ...
झापा । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटन गर्दै...










