काठमाडौं । सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो ।बुधबार चाँदीको मूल्य ५...
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरमा बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ भने बाँकी १ लाख २३ हजार ४००...
काठमाडौँ । हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको जनाएको छ । समितिले बुधबारका लागि तोकेको भाउअनुसार भारतीय ठूलो गोलभेडा, हाइब्रीड घिउ सिमी, तने बोडी, भट्मास र भेडे खुर्सानीको मूल्य ६५ रुपैयाँ रहेको छ भने लोकल सानो गोलभेडाको औसत मूल्य २७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ३४ रुपैयाँ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री...
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये ०।५...
लमजुङ । लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा...
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी , बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु ब्यावसायी र वडा अध्यक्ष दामोदर खड्का सहित वडाको प्रतिनिधिसंग बसेको बैठकले सो निर्णय गरेको हो ।निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्रि निषेध गरिएको हो । वर्षभरी २४ दिन...
काठमाडौं । देशका विभिन्न स्थानमा पछििल्लो २४ घण्टामा नौवटा विपद्का घटना घटेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बिपदको सो घटनाबाट ३ लाख ६५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
अछाम । बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा...










