भक्तपुर । नगरकोट सामुदायिक होमस्टे ग्रामिण पर्यटन व्यवस्थापन समितिले नयाँ नेपाल न्यूजका कार्याकारी सम्पादक हेमराज ढकाललाई सम्मान गरेको हो । होमस्टेको एघारौं वार्षिक साधरण सभाको अवसरमा बागमती प्रदेशकी सांसद सरसस्ती वाटीले ढकाललाई सम्मान गरेकी हुन् । पत्रकारिताको माध्यमबाट होमस्टे र ग्रामिण पर्यटनको विकाश सहयोग गरेकोले पत्रकार ढकाललाई सम्मान गरेको हो ।
काठमाडौं । आज देशभर थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए। ४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो। २२३...
भक्तपुर । नगरकोट सामुदायिक होमस्टे ग्रामिण पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा सुरज बास्तोला सर्वसहमत चयन भएका छन् । सोमबार होमस्टेको ११ औं साधरणसभाबाट दोस्रो कार्यकालकोलागि पनि बास्तोला पूनः अध्यक्ष भएका हुन् । होमस्टेकोे उपाध्यक्ष इन्दिरा बास्तोला, सचिबमा सुबास बास्तोला, कोषाध्यक्षमा लक्ष्मी बास्तोला चयन भएका हुन् । त्यसैगरि सदस्यहरुमा गोविन्द बास्तोला, बिमला बास्तोला र रमा बास्तोला चयन भएका हुन् । सल्लाकारहरुमा...
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि...
काठमाडौं । बाँके, सल्यान र रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने...
भक्तपुर । भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हाे ।न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए ।नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर...
मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९ सय रूपैयाँसहित एकक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले...
रुपन्देही । आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी...
लन्डन । इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा अर्को बलियो टोली युभेन्ट्स बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० गोलअन्तरले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे ।मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिँदा ५८औं मिनेटमा लियोकै पासमा ओलिभर जिरुडले...
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन्।
विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्। विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी०...








