चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
बारा । नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेवी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरूबीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढ्दै गएको छ । गत स्थानीय निर्वाचनमा दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिकका बहुमत सदस्यहरू दुई ध्रुवमा विभाजित भएका छन् । कार्यपालिकामा भने एमाले र जनता समाजवादी पार्टीको बहुमत छ ।मेयर यादव र कार्यपालिका बहुमत सदस्यहरूबीचको विवादले...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सोधपुछ स्थगित भएको छ। बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा राणाले उनीसँग सोधिएको प्रश्नको जवाफ दिनुभन्दा पनि समितिमाथि नै आरोप लगाएका थिए।राणाको आरोपसहितको जवाफलाई सत्ता पक्षका समिति सदस्यले आपत्ति जनाएका थिए। यस्तो अवस्थामा बैठक चलाउने कि नचलाउने भन्ने विवादपछि आगामी भदौ १९ गते आइतबार बस्ने गरी बिहिबारको बैठक स्थगित भएको हो ।नेपाली...
धनगढी । सुदूरपश्चिममा गौरा पर्व सुरू भएको छ । भाद्र कृष्ण पञ्चमी तिथिबाट सुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याइएका पाँच प्रकारका अन्न तथा दलहन भिजाइने गरिन्छ । आजको दिन अन्य घरहरूमा समेत बिरुडा भिजाइन्छ ।पञ्चमी तिथीमा भिजाइने बिरुडालाई षष्ठी तिथीका दिन...
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको...
काठमाडौं । रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन्...
काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक...
काठमाडौं । नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका...
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका थिए। कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल नै बनाएर छलफल गरे पनि अहिलेसम्म...
काठमाडौं । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ । यस्तै चाँदीको...










