काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो ।स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।...
भक्तपुर । पार्टीका नेता विरुद्ध विरोधी समुहले भ्रम छरेको भन्दै त्यसको प्रतिरोध गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले एक विज्ञप्ति जारी गरेको छ । पार्टीका जिल्ला कमिटि अध्यक्ष बचन देउजाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा हार्ने पक्का भएपछि विरोधीहरु नेता महेश बस्नेत विरुद्ध भ्रम छर्न लागेका छन् ।’यस्तो छ विज्ञप्ति:केही दिन...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो ।नगरप्रमुख दीपक रिसालका अनुसार, “नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग...
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेका हुन् ।बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको...
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा चार जनाको नाम सिफारिस गरेको छ।पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित चार जनाको नाम प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको लागि सिफारिस गरिएको हो।क्षेत्रीय समितिको बैठकबाट चौधरीसहित कांग्रेस नेता कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्काको नाम सिफारिस गरिएको छ।
काठमाडौं । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली...
काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन्,’...
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र...
काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो ।बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ...
क्वालालम्पुर । घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो ।मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि उनले आफूमाथि लागेका सबै आरोप...










