आज पनि सत्ता गठबन्धन बैठक बस्दै

61
???????? ???? ???? ????????? ????? ?????????? ???????? ???? ??? ????? ????????? ?????????? ?????? ????????????? ????? ??????????? ????? ???? ? ?????? ? ???? ???????, ????

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका थिए। कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल नै बनाएर छलफल गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन।

बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भयो तर कुनै सहमतिमा पुगेन। कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले आज बिहान ११ बजे पुन: छलफल गरिने बताए। कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन। कार्यदलमा सहमति नहुनेजस्तो देखिएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले पनि सिट बाँडफाँट बारेमा छलफल गर्दै आएका छन्।