Thursday, October 1, 2026
Home समाज १८० सवारी चालकमाथि कारबाही

१८० सवारी चालकमाथि कारबाही

75

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारबाही गरिएको हो।

बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको हो। कारवाहीमा पर्नेमा लेन अनुसशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन्। यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।