काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए। उनले चिनियाँ पक्षसँगको भेटमा...
काठमाडौं । मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ बस्ने ४१ वर्षीय दिनेस राई सोही गाउँपालिका चिमुङ्गास्थित दोभाने खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । भैंसी चराउन गएका उनको उक्त खोलाको पानीमा...
सर्लाही । मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने...
काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।
स्राेतका अनुसार विदेशबाट नेपाल आउने कुनै पनि जहाजकाे यात्रुकाे सूचीमा सन्दीप लामिछानेकाे नाम नभएकाे पाइएकाे...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्व भएको बताएका छन् ।आइतबार काठमाडौँमा दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रित हुने बताएका हुन्।उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापित भएको...
धनगढी । मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।
तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको...
काठमाडौँ- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो ।
बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।
यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा...
काठमाडौँ । इस्टर्न हाइड्रोपावरले आइपीओमा आवेदन दिने म्याद मंगलबार मात्र छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्याएको हो ।
कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ । इस्टर्नले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका हुन्।माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौँ आएर १० वर्ष एउटै कोठामा बिताएका थिए। बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन्।
मोरङ । मोरङको लेटाङमा फुटबल प्रतियोगिता हेर्न भनि घरबाट निस्किएका तीन बालिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका- ३ का ती बालिकाहरू शनिबार दिउँसो घरपरिवारसँग फुटबल हेर्न भनेर निस्किएका थिए।
प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार लेटाङमा फुटबल खेल आयोजना नभएको अवस्थामा तीन बालिकाले परिवारलाई छल गरेर निस्किएका खुलेको छ।
शनिबार बिहान करिब ११...










