काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले...
इस्लामावाद । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र जनाको ज्यान गएको छ ।
साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ ।
त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर...
काठमाडौँ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् ।
प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।
‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास...
नयाँ दिल्ली । गत साता भारत सरकारले तत्काल लागू हुने गरी कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसबाहेक केन्द्र सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिन गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ।
निर्यात शुल्कमा वृद्धिसँगै लगभग १० लाख टन अन्न भारतीय बन्दरगाहहरूमा फसेको छ र किनभने खरीददारहरूले सरकारको नयाँ २० प्रतिशत निर्यात शुल्क तिर्न अस्वीकार गरेका छन्।
‘मध्यरातबाट भन्सार लागु भयो, तर...
काठमाडौँ । दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ। एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्।
राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय...
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुका कारण बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने भएका छन् ।
नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कने क्रममा सडक प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘भोली (बिहीबार) बिहान ९ बजे आसपासमा पनि कालिमाटी देखी एयरपोर्ट सम्म संचालन हुन सवारी...
काठमाडाैँ । काठमाडाैँकाे थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडाैँको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ।
अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर,...
काठमाडौं । पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखापर्ने गरेको हो ।बैतडी जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।जिल्ला अस्पतालमा मात्रै नभएर...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ। ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो।कुल १८ वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन...










