Saturday, June 20, 2026
Home Blog Page 69
सन्ध्या ढुंगाना काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) को फेरि माहोल सुरु हुँदैछ । र, त्यसको सुरुवात हुँदैछ शनिबार हुने अक्सनबाट । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने दोस्रो संस्करणको एनपिएलका लागि १५० खेलाडी अक्सनमा सहभागी हुँदै छन् ।  अक्सनमा आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् । खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनवटा श्रेणीमा विभाजन गरिएको छ । ...
काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपाली कामदारहरू सिन्धु खोला किनारमा १०/१२ वटा टेन्ट राखेर बसिरहेका थिए । वर्षासँगै बुधबार बिहान पहिरो खसेपछि उनीहरूको भागाभाग भएको थियो । जाजरकोटको कुशे गाउँपालिका—२ का...
काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । यो घटना सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा शुक्रबार भएको हो । मोटरबाट खेतमा पानी पटाउन लाग्दा करेन्ट लागेर ४२ वर्षीय शम्भु इसर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटर चलाइरहेका बेला अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताए । मृतक इसर गाउँमै कुटानी–पिसानी तथा...
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध १-१ को बराबरी खेलेको थियो। यसका कारण नेपाली टोली दबाबमा छ ।नेपालले भुटानसँग...
काठमाडौं । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन्। उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए। उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय...
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को दोस्रो आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । बिहिवारका सदस्य विद्यालय ईडेन ईङ्ग्लिस स्कुलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । छात्रहरुका लागि 'शिक्षाको उदेश्य अंक होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ' तथा छात्राहरुका लागि 'विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ' भन्ने बिषयमा विद्यार्थीहरुले आफ्नो प्रस्तुति राखेका थिए । सदस्य विद्यालयका कक्षा...
काठमाडौं । आरसीबी फ्यान क्लब नेपाल, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त फ्यान क्लब हो।विगत एक वर्षदेखि क्लबले नेपाली आरसीबी समर्थकहरूलाई एकजुट गर्ने उद्देश्यका साथ फोटो तथा भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन जस्ता विविध अनलाइन तथा अफलाइन गतिविधिहरू गर्नुका साथसाथै विभिन्न सामाजिक कार्यहरु पनि...
काठमाडौं । नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ। एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान गरिएको हो ।गुल्मीका लोकु सेनकाअनुसार घटनापछि आफूहरूले...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। उनले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए । उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए। असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली...
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्। सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं १ बाढीपहिरोको जोखिममा परेको छ। यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ...