Thursday, June 25, 2026
Home Blog Page 684
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै...
सिमकोट । नेपाल एयरलाइन्सको बाजुराको कोल्टी विमानस्थलमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ। एयरलाइन्सले कोल्टीका लागि उडान भर्नुपर्ने भए पनि दरबन्दीका कर्मचारी सम्पर्कमा नआई बेखवर भएपछि एयरलाइन्सलाई उडान भर्नसमेत कठिन भएको हो।नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख किरणमान श्रेष्ठले कोल्टी विमानस्थलका लागि दरबन्दीका कर्मचारी उमाकान्त न्यौपाने आफ्नो सम्पर्कमा नआउँदा काम गर्न कठिन भएको बताए। उनी जुम्लाका स्थायी बासिन्दा हुन्।...
काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्।भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी सन् २०१८ को डिसेम्बरमा नेपालका...
पाेखरा । नवाैँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको इभेन्ट मंगलबारबाट सकिए। राष्ट्रिय खेलकुदमा पौडी सर्वाधिक स्वर्ण भएको एथलेटिक्स पछि दोस्रो खेल हो। प्रतियोगितामा विभागिय टिम आर्मीको वर्चस्व रह्यो। तर, यो पटक पनि पौडी सुरुवातबाटै चर्चामा रह्यो।गण्डकी प्रदेशको पोखरामा ३९ वर्षअघि भएको राष्ट्रिय खेलमा पनि पौडी पोखरी थिएन, यो पटक पनि भएन। एक निजी स्कुलमा पौडी प्रतियोगिता आयोजना गरियो। प्रतियोगितामा लगातार राष्ट्रिय...
काठमाडौँ । सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ।आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ।दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्यालसहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ। अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो।घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन्। उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२...
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ सानो किशानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन्।ना ३ च ५७५३ नम्बरको भ्यानबाट आज मध्यान्ह १२ बजे खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी...
काठमाडौ । आज सिन्धुपाल्चोककाे भाेटेकाेशिबाट १७ किमि उत्तर भएर, ३ बजेर ७ मिनेटमा ५ रेक्टर स्केलकाे भुकम्प गएको छ ।
काठमाडौँ । काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ।बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो।
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्रहालयमै राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार निधन भएको थियो । जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्रहालयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए । जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा  अध्ययन गरिने रिजालले बताए । यसले आगामी...